Monday, January 11, 2010

कबिता र गजल










नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।




डर सधैं हुने हो कि युद्ध अर्को फेरि।


रगर्तैमा हात हजुर नचोप्ने को छ र?


दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।


भजन गाउनुपर्ने हो अझै क- कसको?


एउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।


कलमैको अब अन्तिम लडाईँ साथी,


बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।


नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।


डर सधैं हुने हो कि युद्ध अर्को फेरि।


2
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा




म त उजाड मरुभुमिमा हर्राई सकेछु


नसम्झिनु है मलाई कुनै खुशियालीमा


म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु


नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा


म त ५५ डिग्रीको घाममा जल्न पुगेछु


नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा


म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु


नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा


म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु


नखोज्नु है मलाई वरपिपलको छहारीमा


म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु


नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा


म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु


नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा


म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु






3

तिम्रो माया पाउन यहाँ वैरी मात्रै बनाये




तिम्रो लागी सधैं सधैं माया मात्रै खनाये


मायाको सुन्दर संसार पवित्र आत्माको मिलन ठानी


हरेक पल घडी घडी मेरो उपस्थिती जनाये


आत्मा हाम्रो जुडी रह्यो धड्कन हाम्रो एक हुँदा


तिमी सगै जुडी रहे हरपल चाडबाड झै मनाये


आजपनी आगमन तिम्रो होला भनी बसि’रछु


प्रतीक्षा मै मेरो जीवन तिम्रै निम्ती खनाये






 4

सहि समयको लहर मा जन्मे




रिती रिवाज बंसज्को कहर मा जन्मे


मामाताको आचल भित्र लडी बुडी गर्दै


बनकुन्ज प्रकिर्तिको कहर मा जन्मे


डरलाग्दो निस्पट भयानक रातमा


दीन दुखी गरीबको कहर मा जन्मे


बेशी र फाट्को उपत्यका भित्र


दाङको तुल्शिपुर शहर मा जन्मे


मेरो विचारमा मलाई लाग्छ


बाबा आमा को मस्ती र रहर मा जन्मे


5



समाज सग अयोग्य भै ठोकिन पुगे I




रिसको आवेगमा आँफै सग झोकिन्न पुगे II


जिबन जिउनु को औचित्य नै रहेन I


आफू आफू सगै एक्नास सग ठोक्किन पुगे II


मन भरी का चाहना अभिलाषा सगै I


होड बाजी मा अघी सर्ने म आँफै पहिला रोकिन पुगे II


मुग्लानिएर जवानी दासता मा ब्यतित हुँदा I


समय को पावन्दी मा आफ्फै ठोकिन पुगे ई




6

दुई आँखा यतैबाट मलाई तरेर गए




मेरो हत्यापत्रमा सहीछाप गरेर गए


उज्यालो ल्याउँछु भन्थे, अँध्यारोको ढोका खोली


हेर आज घामजूनलाई दागा धरेर गए


साधुलाई शूली नभए यो के हो महोदय ?


सजाय छ फेरि तिनैमाथि जो मरेर गए


आँखाभित्र अटाइनौ जब आफ्नै नानीलाई


नजरबाट कति-कति तारा झरेर गए


कुहिरो फाटेपछि फेरि तिमीले यो के गर्यौ ?


हाम्रा खुसीहरू आज बसाइ सरेर गए




















No comments:

Post a Comment