Friday, March 26, 2010
Wednesday, March 24, 2010
Photos Of Friends in Himal FM
Prakash Poudel
Ankhe Prakash Dai
Sanu Babu Shrestha
Aseem Devkota, Himal FM, Surkhet
Deviram Devkota and Me ( Sanu Babu Shrestha)
Mangal Baral and Deviram Devkota
Prakash , Deviram & JB Sunar
Friday, March 5, 2010
झुपडीको प्रेम
झुपडीको प्रेम
घटना एक वर्ष अघिको हो । साउनको १७ गते गाउँमा लाखबत्ती बाल्ने योजना थियो । शारीरिक कमजोरीका बाबजुद पनि म लाखबत्ती बाल्ने ठाउँमा गएँ । त्यहाँ धेरै मानिस जम्मा भएका थिए । अचानक मेरा आँखा कसैका आँखासँग जुध्न पुगे । साथीको झकझकाइपछि मात्र आँखा हटाउन बाध्य भएँ । केही समयपछि साथीहरूमार्फत् मैले उनलाई एकान्तमा भेट्टाएँ ।
हामीले एक-अर्कालाई हेरिरह्यौं, अपरिचित नै भए पनि । चाहेर पनि केही बोल्न सकिनँ म, न त उनी नै बोलिन् । साहस गरेर मैले नै सोधेँ - 'के म तिम्रो परिचय पाउन सक्छु ?' उनले केहीबेर अकमकाउँदै मलाई नहेरी आफ्नो परिचय दिइन् । अनि मैले भनें- म... म... भन्दा नभन्दै उनले बीचैमा काटेर भनिन्- 'मलाई सबै थाहा छ तपाईंको घर-परिवारका बारेमा, तपाईंको बानी-व्यवहारको बारेमा...।'
'कसरी थाहा पायौ ?' छोटो प्रश्नपछि नै ओठभरि मुस्कान छर्दै उनले भनिन् 'म अघिल्लोपटक आउँदा पनि तपाईंलाई भेट्न चाहन्थें तर सकिनँ, तपाईंको बारेमा अरूबाटै मैले सबै थाहा पाइसकें, आश्चर्य नमान्नुहोला ल...।' यति भन्दै उनले मलाई भोलिपल्ट भेट्ने कुरा गरिन् । भोलिपल्ट म उनले बोलाएको ठाउँमा पुगें । उनी मेरो प्रतीक्षामा थिइन् ।
भेट भएपछि उनले सोधिन्- 'अप्ठ्यारो मान्नुहुन्न भने एउटा कुरा भनौं ?' मैले स्वीकृति जनाएपछि उनले मेरो आँखामा हेर्दै भनिन्- 'मैले तपाईंलाई आजभन्दा एक वर्षअघि पनि देखेकी थिएँ, त्यतिबेलै तपाईंको बारेमा सबै थाहा पाएँ । डर-संकोचका कारण तपाईंसँग नभेटे पनि मलाई तपाईंको सम्झना आइरहन्छ, मैले तपाईंको तस्बिर पनि पाइसकें... तपाईंको यो तस्बिर...' उनी अड्किइन् । म हाँस्दै बोलें- 'अनि...' उनी अझ मेरो नजिक आएर बसिन् र भनिन्- 'के तपाईं मसँगको मित्रता चाहनुहुन्छ ?' झस्कँदै भनंे- 'मतलब ?'
'म... म... तपाईंलाई माया गर्छु, म यो जीवनभरिकै पहिलो तथा अन्तिम प्रेम तपाईंसँगै गर्न चाहन्छु । के तपाईं मलाई प्रेम अनि साथ दिन सक्नुहुन्छ ?' शरीरभरि करेन्ट लागेजस्तो भयो । झुपडीमा मेरो बास छ भन्ने थाहा पाउँदा पाउँदै पनि ममाथि मायाको हात फैलाउने यो अपवाद कसरी ? मैले सोचें, उनको मान, मर्यादा, आडम्बरसँग मेरो नाममात्र जोडिनु पनि मखमलको पछ्यौरीमा बोराको टुक्रा जोडेजस्तो हुन्छ । मलाई देख्ने उनीजस्ता धनीहरू त घृणा गर्थे, आँखा तर्थे तर आज यो के भैरहेछ ? 'माफ गर्नुहोस् ल गल्ती गरेँ, सायद प्रस्ताव नगर्नु थियो ?' उनको ओठ थुन्दै मैले भने- होइन, माफी म माग्छु बरु.... म सोच्दै थिएँ के उत्तर दिउ“m ? हो, म पनि तिमीलाई चाहन्छु, म तिम्रो मायाको लागि भोको छु ।
हामी एक-अर्काको आलिंगनमा बाँधिन पुग्यौँ, मानौं हाम्रो प्रेम परिचित थियो । दुःख-सुखमा साथ दिने, आरोह-अवरोहहरूमा संघर्ष गर्ने, जुनीजुनीसम्म सँगै रहने वाचा गर्यौँ । म सपनामा थिइनँ, अरू साथीहरूले जस्तै मैले पनि प्रेम बन्धनमा पस्ने अवसर पाएकोले खुसी थिएँ । त्यो दिन लागेको थियो साँच्चै प्रेमले धनी, गरिब, राम्रो-नराम्रो केही हेर्दो रहेनछ । त्यो दिन मेरो जीवनका लागि अविस्मरणीय दिन थियो ।

Subscribe to:
Comments (Atom)

.jpg)